आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

धनगढीमा ‘आँप’को अग्रता कायमै, ७ हजार ४७० मत गन्दा ३ हजार ३२९ हमाललाई

काठमाडौं– धनगढी उपमहानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता कायमै राखेका छन् । शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म ७ हजार ४७० गणना भएको छ। जसमा हमालले ३ हजार ३२९ मत पाएका छन् ।

त्यस्तै, सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार ८३७, नेकपा एमालेका रणबहादुर चन्दले ७८३ मत पाएका छन् । 

यस्तै, माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ६२३, एमालेकी कन्दकला रानाले १ हजार ३५३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १८ मत पाएका छन् ।

सुदूरपश्चिम प्रदेशको एम मात्र उपमहानगर धनगढीको मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्न मतदान भएको हो ।