झापाको भद्रपुरमा मेयर र उपमेयर दुवैमा एमाले पछाडि

काठमाडौं– झापाको भद्रपुर नगरपालिकामा मेयरमा कांग्रेस, उपमेयरम माओवादीका उम्मेदवारले अग्रता कायम गरेका छन् । एमाले भने दुवै पदमा पछाडि परेको छ । मेयर पदमा कांग्रेसका गणेश पोखरेलले ३ हजार ७ सय २६ मत ल्याएर पहिलो स्थानमा छन् । दोस्रोमा रहेका एमालेका असारु राजवंशीले २ हजार ९ सय २१ मत ल्याएका छन् । राप्रपाका नगराज पनेरुले पनि २ हजार ५ सय ८९ मत ल्याएर तेस्रो स्थानमा छन् ।
उपमेयर पदमा भने माओवादीका उम्मेदवार शिवकुमार राजभण्डारी ३ हजार ३ सय ५७ मत ल्याएर पहिलो स्थानमा छन् । दोस्रोमा स्थानमा रहेकी राप्रपाकी राधा कार्कीले २ हजार ८ सय ६० मत ल्याएकी छिन् । एमालेकी कौशल्या अधिकारीले २ हजार ७ सय २९ मत ल्याएकी छिन् ।

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

प्रतिक्रिया