प्युठानबाट खुल्यो जनमोर्चाको खाता, मल्लरानीको अध्यक्षमा कृष्णबहादुर खड्का विजयी

बुटवल - प्युठानको मल्लरानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर खड्का विजयी भएका छन् । खड्काले ३ हजार दुई सय ३८ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिवराज श्रेष्ठले २ हजार ८ सय २ मत प्राप्त गरे । यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका रमेशकुमार श्रेष्ठ विजयी भएका छन् ।
नेकपा एमालेकी इश्वरा आचार्यलाई पराजित गर्दै श्रेष्ठ उपाध्यक्ष पदमा विजयी भएका हुन् । श्रेष्ठले ३ हजार ७० मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी इश्वरा आचार्यले २८ सय मत प्राप्त गरिन ।
मल्लरानी गाउँपालिकाका ५ वटा वडामध्ये चारवटामा गठबन्धनका उमेदवार विजयी भएका छन् भने वडा ३ नम्बरमा एमालेका उमेदवार विजयी भएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया