कांग्रेस कर्णाली सभापतिको गृह वडामा माओवादी विजयी, बागीभन्दा पनि पछि परे कांग्रेस उम्मेदवार

जुम्ला- नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृहवडामा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेसको गढ मानिँदै आएको चन्दननाथ नगरपालिका-५ मा माओवादीका विर्ख कार्की वडाध्यक्ष बनेका हुन् ।
यो त्यही वडा हो, जहाँबाट प्रदेश सभापति शाही, पूर्वप्रदेश जलस्रोतमन्त्री दिनवन्धु श्रेष्ठले मतदान गरेका थिए ।
कार्की १ सय ६८ मतसहित वडाध्यक्षमा विजयी हुँदा कांग्रेसका नवराज श्रेष्ठ १ सय ४३ मतसहित तेस्रो भए । बरु टिकट नपाएपछि कांग्रेसबाट बिद्राेह गरेर बागी बनेका पूर्णप्रसाद श्रेष्ठले १ सय ४९ मतसहित दोस्रो बने ।
२०७४ को निर्वाचनमा पनि यहाँ कांग्रेसका उम्मेदवारलाई हराउँदै सोही पार्टीका बागी गोल्डेन कठायत वडाध्यक्ष बनेका थिए ।
तर, यो पटक भने माओवादी विजयी भएको हो ।
वडा सदस्यमा माओवादीका लक्ष्मी थापा (श्रेष्ठ) विजय भएकी छन् । श्रेष्ठले १५६ मत प्राप्त गरेकी छन् । हरिबहादुर भण्डारी (स्वतन्त्र), नामग्याल तामाङ (कांग्रेस) सदस्यमा र दलित महिला सदस्यमा काली सुनार (एकीकृत समाजवादी) विजयी भएका छन् ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_p1kjHNyyRb_chwqdmp6rxidvmv0ry1c9ky7glxdfkh1pfu188bylolswtgvk3efaptuj2hg.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया