रोल्पामा कांग्रेसको पहिलो जित, गंगादेवमा हरिबहादुर पुन विजयी

बुटवल - रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन र उपाध्यक्षमा कांग्रेसकै अमृता केसी वली विजयी भएकी छिन्।
अध्यक्षमा निर्वाचित पुनले २५४८ र उपाध्यक्षमा निर्वाचित केसीले २९०९ मत प्राप्त गरिन्। यहाँ नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार रोशनकुमार वलीले २४९९ र उपाध्यक्षमा निर्मला कुमारी वलीले २४४२ मत प्राप्त गरेका थिए।
त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार बीरबहादुर केसीले २१५४ र उपाध्यक्षका उम्मेदवार नेपबहादुर डाँगीले १८११ मत प्राप्त गरे।
त्यस्तै विप्लवको नेकपाबाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका चुडामणि वली (आदर्श)ले १५७३ र उपाध्यक्षमा सुशीला वलीले ८५५ मत प्राप्त गरेकी थिइन्।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया