काठमाडौँका धारामा मेलम्चीको पानी
काठमाडौँ : काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट घरका धारामा पानी पठाएर मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको छ । आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन कुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गरेका हुन् ।
हाल पुराना पानीपोखरीहरूमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र नयाँ पाइपलाइनहरू परीक्षण गरी पानी थप गर्दै लैजाने केयूकेएलका कार्यकारी निर्देशक शाक्यले बताए । आइतबारदेखि नै देवकोटा सडक, बत्तिसपुतली, जयवागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, धनवन्तरीमार्गलगायत क्षेत्रका धाराहरूमा पानी वितरण सुरु गरिएको उनको भनाइ छ । पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए ।
मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो भने गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया