कास्कीको रुपा गाउँपालिका अध्यक्षमा नवराज ओझा विजयी

पोखरा - कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नवराज ओझा विजयी भएका छन् । नेपाली कांग्रेसकी गीमाया गुरुङलाई १ हजार ६ सय १२ मत अन्तरले हराउदै ओझा विजयी भएका हुन् ।
ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् भने गिमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरे । त्यसै गरी उपाध्यक्षमा लालसुब्बा गुरुङले नेपाली कांग्रेसका नारायण श्रेष्ठलाई १ हजार १ सय ७९ मत अन्तरले हराए ।
लालसुब्बाले ५ हजार ४ सय ४५ मत प्राप्त गरे भने नारायण श्रेष्ठले ४ हजार ३ सय ७० मत प्राप्त गरेका छन् । नवराज ओझा र गीमाया गुरुङले अघिल्लो वर्ष पनि विजयी भएको थिए । रुपा गाउँपालिका ७ वटा वडा रहेका छन् ।
वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली काग्रेसले जितेको छ भने वडा नम्बर २, ३, ४, ५, ६ र ७ एमालेले जितेको छ । १४ हजार ६ सय ७५ रहेकाे पालिकामा १० हजार ३ सय ४४ मत खसेकाे थियाे। यसभन्दा अघि पनि अध्यक्षमा अाेझा र उपाध्यक्षमा गुरुङ निर्वाचित भएका थिए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया