गण्डकीमा रोचक नतिजा : कतै १ भोट, कतै शून्य

पोखरा- नवलपुरको बौंदीकाली गाउँपालिकामा दुईजना स्वतन्त्र उम्मेदवारले शून्य मत पाएका छन् । मधुकर नेपाली र कृष्णप्रसाद पराजुलीले १ मत पनि नपाएका हुन् । बागलुङको तमानखोला गाउँपालिकामा उपाध्यक्षमा प्रतिस्प्रर्धा गरेका एकीकृत समाजवादीका उम्मेदवार तारानाथ श्रीपालीले एक मत मात्रै पाए ।
त्यस्तै, मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा राप्रपाबाट उपाध्यक्ष उठेका झ्याम्याङ टासी गुरुङले १ मत मात्रै पाएका छन् ।
अर्को अनौठो नतिजा के छ भने मनाङ र मुस्ताङका अधिकांश पालिकामा दलित महिला सदस्य निल छ । नार्पाभूमीको १ मा महिला र दलित महिला सदस्य नै छैनन् । २ देखि ५ सम्म दलित महिला सदस्य छैनन् ।
मनाङ ङिस्याङको १, २ र ८ मा दलित महिला सदस्य छैनन् । नासों गाउँपालिकाको २, ३ र ६ मा दलित महिला सदस्य छैनन् । यहाँका अधिकांश वडाहरूमा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
मुस्ताङको लोमान्थाङमा ५ वटै वडामा दलित महिला सदस्य निल छ । लो घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नम्बर २ बाहेक सबै वडामा दलित महिला सदस्य निल छन् । बाँकीमा मतगणना चलिरहेको छ ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया