कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष मोक्तानले १२० मत मात्र पाए

मकवानपुर - मकवानपुरका कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष टंक मोक्तानले पालिकाभरिबाट जम्मा १२० मत मात्र प्राप्त गरेका छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
त्यतिबेला उनले २ हजार ८०२ मत ल्याएका थिए । एमाले विभाजन भएसँगै मोक्तानले नेकपा एकीकृत समाजवादी रोजेका थिए । सोमबार आएको कैलाशको मतगणना परिणाममा उनले १२० मत मात्र प्राप्त गरेका छन् ।
कैलाशमा नेपाली कांग्रेसका उम्मेदवार लोकबहादुर मोक्तान चार हजार ९८७ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरेन्द्र लाल रिजालले चार हजार ९३ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया