रामारोशनमा कांग्रेसका साउद विजयी

अछाम - अछामको रामारोशन गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रले आधार क्षेत्र दाबी गर्दै आए पनि यसपटक रामारोशनमा कांग्रेसका मानबहादुर साउद ३१ सय २७ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पहल साउदले २८ सय ९७ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जनादेवी बुढा निर्वाचित भएकी छिन् । बुढा तीन हजार २८ मत ल्याई निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्ती धामी साउदले २७ सय २८ मत प्राप्त गरेकी छिन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा रामारोशन गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो । माओवादी सशस्त्र द्वन्द्वबाट रामारोशन क्षेत्र निकै नै बढी प्रभावित बनेको थियो ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया