थप ८९ जनामा कोभिड संक्रमण

काठमाडौँ : नेपालमा आइतबार थप ८९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ८९ जनामा कोभिड संक्रमण पुष्टि भएको र नेपालमा हालसम्म कोभिड संक्रमितको संख्या दुई लाख ७६ हजार ८३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ९५ जना संक्रमित कोभिड मुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख ७२ हजार ५३० जना कोभिड संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार २७ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा १२ सय ८२ जना आइशालेशन र ५७ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख ६१ हजार १४६ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया