देशभर एमालेभन्दा ३३ बढी स्थानमा कांग्रेस विजयी, कसकाे कहाँ अग्रता ?

काठमाडौँ- स्थानीय तह निर्वाचनको नतिजा देशैभरमा सार्वजनिक हुँदै गर्दा नेपाली कांग्रेस निकै अगाडि देखिएको छ । हालसम्म सार्वजनिक भएको नतिजामा नेकपा एमालेभन्दा ३३ स्थानमा अगाडि विजय हासिल गरेको छ।
कांग्रेसका उम्मेदवारले प्रमुख/अध्यक्ष पदमा ९२ स्थानमा विजय हासिल गरेको छ भने २ सय २३ स्थानमा अगाडि रहेको छ। उपप्रमुख/उपाध्यक्ष पदमा पनि कांग्रेस नै अगाडि रहेको छ । उप प्रमुख पदमा ९३ स्थानमा विजयी हासिल गरेको छ भने १ सय ८३ स्थानमा अगाडि रहेको छ ।
नेकपा एमाले प्रमुख/अध्यक्ष ५९ स्थानमा विजयी भएको छ भने १ सय २३ स्थानमा अग्रता लिएको छ । उपप्रमुख/उपाध्यक्ष पदमा एमालेले ५६ स्थानमा विजयी हासिल गरेको छ भने १ सय ५६ स्थानमा अगाडि रहेको छ ।
नेकपा माओवादी केन्द्रले प्रमुख/अध्यक्ष ४४ स्थानमा विजयी भएको छ भने ७३ स्थानमा अग्रता लिएको छ। उपप्रमुख/उपाध्यक्ष पदमा ३९ स्थानमा विजयी भएकाे ४ भने ८८ स्थानमा अग्रता लिएको छ ।
नेकपा एकीकृत समाजवादीको प्रमुख/अध्यक्ष पदमा ४ स्थानमा विजयी भएको छ भने १६ स्थानमा अगाडि रहेको छ । उपप्रमुख पदमा समाजवादी ८ स्थानमा विजयी रहेको छ भने १६ स्थानमा अग्रता लिएको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया