बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

डडेल्धुरा भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

डडेल्धुरा–डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका हेमराज चटौत  र  उपाध्यक्ष पदमा पुष्पा ठकुराठी विजयी भएका हुन् । 

अध्यक्षमा चटौतले २३११ मत ल्याए ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १०७६ मत मात्रै प्राप्त गरे। 

त्यस्तै उपाध्यक्षमा २३४८ मतका साथ ठकुराठी विजयी हुँदा उनका निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रकीले गीता भट्टले ८३२ मत मात्रै प्राप्त गरिन् ।