बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

विराटनगरको मेयरमा कांग्रेसका नागेशले बनाए फराकिलो मतान्तर

काठमाडौं–मोरङको विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले एमालेका उम्मेदवार सागर थापालाई फराकिलो मतान्तरले पछाडि पारेका छन् । एमालेका सागर थापालाई १७ सय ६७ मतान्तरले पछाडि पारेका छन् । कोइरालाले ७ हजार ५ सय ९१ मत ल्याएका छन् भने एमालेका थापाले ५ हजार ८ सय २४ मत ल्याएका छन् । 

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेशकुमार यादवले २२ सय ६१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीका अमलेशकुमार कर्ण (कायस्थ)ले ५३ मत ल्याएका छन् । 

उपमेयरमा एमालेकी शिल्पा कार्की अग्र स्थानमा छिन् । उनले ६ हजार ६ सय ३३ मत ल्याएकी छिन् । दोस्रो स्थानमा रहेका जसपाका अमेरन्द्र यादव ४ हजार २ सय ३७ मत ल्याएर उनलाई पछ्याउँदैछन् ।