आजदेखि संसद्को एघारौं अधिवेशन : कसरी प्रस्तुत होला एमाले ?

काठमाडौँ- अघिल्ला दुई अधिवेशनकालभर अवरोधमा उत्रिएको प्रमुख विपक्षी एमालेले आजदेखि प्रारम्भ हुँदै एघारौं अधिवेशनमा कसरी प्रस्तुत होला ? स्थानीय चुनावको परिणामको रौनकबीच हुन लागेको अधिवेशनकालमा यो चासोको विषय हो ।
संसद्को एघारौं अधिवेशन आज ४ बजेदेखि प्रारम्भ हुँदैछ । संसद्मा कसरी प्रस्तुत हुने भन्नेमा एमालेले निर्णय लिइनसकेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘यतिखेरसम्म कुनै निर्णय लिइसकिएको छैन, हामी दलमा छलफल र सल्लाह गर्दैछौं’ भट्टराईले इकागजसँग भने ।
यो बजेट अधिवेशन पनि हो । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राख्नेछन् ।
तर ‘प्रि–बजेट’ छलफल निम्ति नियमावली उल्लेखित समय पुग्दैन । त्यसकारण नियमावलीका प्रावधान निलम्बन गर्नुपर्ने देखिन्छ । संसद् सचिवालयले दुई वटा अध्यादेश पेश गर्ने सम्भावित कायसूची सोमबार सार्वजनिक गरिसकेको छ । त्यसमा सरकारले केही अध्यादेश थप गर्ने सूचना संसद् सचिवालयलाई दिएको हुँदा सम्भावित कार्यसूचीमा हेरफेर हुन सक्ने जानकारी संसद् सचिवालयका एक अधिकारीले दिए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया