लम्पीस्किनबाट पीडित किसानलाई राहतको प्याकेज ल्याउनुपर्छः सांसद पाण्डे

इकागज | असार ३१, २०८०

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का सांसद एवं उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसदमा सरकारको प्रस्तुति राम्रो हुनुपर्ने बताएका छन् । 

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरकार सेवा प्रदान गर्ने निकाय भएकाले देशमा भइरहेका विपद् र समस्याको समाधानका लागि योजना बनाएर अघि बढ्न आवश्यक रहेको
बताए । 

उनले अहिले देशभर लम्पीस्किनको समस्या रहेकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानलाई सहयोगको राहत प्याकेज ल्याउनुपर्ने बताए । 

उनले भने, ‘संसदमा सरकारको पर्फमेन्स राम्रो हुनुपर्छ । सरकार भनेको सर्भिस डेलिभरी गर्ने ठाउँमा बस्ने निकाय हो । त्यसले देशमा भइरहेका घटनाका समाधान गर्ने योजना बनाउनुपर्छ, अहिले लम्पीस्किनको समस्या छ, यसबारेमा कृषि मन्त्रालयले चासो दिनुपर्छ, पीडित किसानलाई सहयोग गर्ने कार्यक्रम आउनुपर्छ, सडक सञ्जालहरुमा अवरोध आइरहेका छन्, त्यसमा गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । मन्त्रीहरु उदासीन भएको कुरा म मन्त्रीहरुसमक्ष पुर्‍याउनेछु ।’

सांसद पाण्डेले मन्त्रीहरु उदासिन भएको हो ? भन्ने प्रश्नमा मन्त्रीसमक्ष सो सन्देश पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे । 

बागमतीको कृषि तथा पशुपंक्षि मन्त्रालय घेर्दै किसानहरूले भने- 'ज्यानमारा सरकार मुर्दावाद, कृषिमन्त्री राजीनामा दे'

इकागज | असार २४, २०८०

मकवानपुर- बागमती प्रदेशको कृषि तथा पशुपंक्षि मन्त्रालय किसानले घेरेका छन् । बागमती प्रदेश सरकारले दोहोर...

खाडीमा दु:ख पाएपछि फर्किएका ढकाल : गाउँमै तीन लाख कमाउन थालेपछि चार वर्षमै फर्कियो खुसी

इकागज | असार २४, २०८०

सिन्धुपाल्चोक- गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजाति...