कर्पोरेट

‘एनआईसी एशियाको सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ : यस्ता छन् विशेषता

इकागज | असार १६, २०७९

काठमाडौँ -  एनआईसी एशिया बैंकले २०७९ आषाढ १२ गते देखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक लक्षित गरी ल्याइएको बैंकले जनाएको छ । 

हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताहरूले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबल देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउन सक्ने बैंकले जानकारी दिएको छ । निक्षेपकर्ताहरूले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्नेछन् । योजनाको विभिन्न अवयवहरूलाई निम्नानुसार तालिकामा देखाइएको छः

यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रूपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनीय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहकहरूको अत्यन्त उत्साहजनक सहभागिता रहेको समेत बैंकले जानकारी दिएको छ ।

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरुलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहे अनुरुप बैंकले यस अघि लिएर आएको निक्षेप खाताहरूमा पाइने फाइदा भन्दा अझ बढी फाइदाहरू रहेको मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याइएको छ । 

बैंकको हाल मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड रूपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको बैंकले जनाएको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।
 

इसेवाको विशेष अफर, बीमाशुल्क भुक्तानी गर्दा दुईसय रूपैयाँ क्यासब्याक पाइने

इकागज | असार १४, २०७९

काठमाडौँ - अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मंग...

सञ्चार माध्यममा आएका समाचारप्रति ज्योती र सूर्या लाइफ इन्स्योरेन्सको ध्यानाकर्षण

इकागज | असार १४, २०७९

काठमाडौँ- सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जरमा जाने ...

एनआइसी एशियाको बैंकिङ एप मार्फत प्लेन टिकट बुकिङमा २० प्रतिशत ‘क्यास व्याक’

इकागज | असार १३, २०७९

काठमाडौँ - डिजिटल बैंकिङमा अग्रणी स्थानमा रहि नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै ...

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

इकागज | असार १३, २०७९

काठमाडौँ- सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज आयोजित एक कार्...

स्माटच्वाइस टेक्नोलोजिज र गरिमा विकास बैंकबीच सम्झौता

इकागज | असार १३, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिट...