अपराध

दाइ र भाउजूको मिलेमतोमा गडरिया दम्पतीको हत्या

इकागज | साउन १०, २०७९

बाँके - बाँकेको कोहलपुर नगरपालिका–१४ ओढारपुरका गडरिया दम्पतीको हत्या भएको पुष्टि भएको छ । 

इलाका प्रहरी कार्यालय, कोहलपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियाको हत्या दाइ र भाउजूको मिलेमतोमा भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । 

उनका अनुसार कृष्णका दाइ विजय र भाउजूू रेखाले भारतबाट दुईजना कन्ट्रयाक किलर (हत्यारा) लाई बोलाएर कृष्ण र अञ्जलीको हत्या गरिएको हो । 

कृष्ण र अञ्जलीको हत्या गर्न भारतबाट दुई जनालाई ५०/५० हजार दिएर बोलाइएको थियो । गए राति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको प्रहरीले जनाएको छ । 

भाइ र बुहारीको हत्या गर्न विजयले दुई जना भारतीयलाई केही दिनअघि कृष्ण र अञ्जली सुत्ने ठाउँ, जाने बाटो, ढोकालगायतको भिडियो बनाएर दिएका थिए । 

दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको दाबी छ । घटनास्थलमा गोलीको खोकासमेत फेला परेको छ । दुवै दाइ र भाउजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
रासस

झापामा दुई बालिका बलात्कृत, स्वास्थ्य परीक्षण गराउँदा गर्भ रहेकाे पुष्टि

इकागज | साउन १०, २०७९

झापा- झापामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दिवार...

गैरकानुनी रुपमा कल सेन्टर सञ्‍चालन गर्ने विदेशी नागरिकसहित ३६ जना पक्राउ

इकागज | साउन ९, २०७९

काठमाडौँ- नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्‍चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्र...

अश्लिल सन्देश पठाउने कल सेन्टरमा प्रहरीकाे छापा, १५० युवायुवती पक्राउ

इकागज | साउन ८, २०७९

बुटवल- प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढ सय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको ...