अपराध

इजरायल, जापान पठाइदिन्छु भनी ठगी गर्ने चितवनका तामाङ  पक्राउ

इकागज | असार ३०, २०७९

चितवन - नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभनमा पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई आज कलंकीबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले पीडितलाई राम्रो पारिश्रमिक र आकर्षक रोजगारी हुने आश्वासन देखाएर उनले रु छ लाख ठगी गरेकाले सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ परेका तामाङलाई उक्त अदालतले वैदेशिक रोजगार कसूरमा छ वर्ष कैद र ६ लाख जरिवाना ठहर गरेकामा  फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ पेश गरिएको उनले बताए । 

नाबालकलाई प्रयोग गरी सुनकाे सिक्री चोरी गर्ने कार्यमा संलग्‍न तीन जना पक्राउ

इकागज | असार ३०, २०७९

रूपन्देही- नाबालकलाई प्रयोग गरी सुनकाे सिक्री चोरी भएको घटनामा संलग्‍न रहेको अभियोगमा नाबालक...

सव-इन्जिनियरमाथि एक लाख रकम घूस नपाएपछि अधुरो भुक्तानी दिएको आरोप

इकागज | असार २८, २०७९

बैतडी- डिभिजन वन कार्यालय बैतडीका सब-इन्जिनियर महानन्द पन्तले सेवाग्राहीबाट माग गरेको एक लाख रकम घूस न...