अपराध

आपराधिक लाभ लिएको अभियोगमा एक जना पक्राउ

इकागज | भदौ २७, २०८०

काठमाडौँ– आपराधिक लाभ (एक्स्टर्सन) लिएको अभियोगमा काठमाडौं महानगरपालिका– ३२ बस्ने ३३ वर्षीय सुरजकुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं काँडाघारीस्थित घरजग्गा कोरोबार तथा ड्राइभिङ सेन्टर सञ्चालन गर्ने कार्यालयमा पीडितलाई राखी बोल्न कराउन नदिई बोले कराएमा ज्यान लिने सम्मको धम्की दिई डर त्रासमा पारी कुटपिट समेत गरी जबरजस्ती २० लाख रुपैयाँको चेक र ८ लाख ५० हजार रूपैयाँको कागज गराई आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं काँडाघारीबाट श्रेष्ठलाई पक्राउ गरेको हो । 

श्रेष्ठ जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको र गुण्डागर्दीमा समेत संलग्न रहेको खुल्न आएको छ । उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । सोही अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ ।

एकै बालिका शिक्षक र स्थानीयबाट छुट्टाछुट्टै स्थानमा बलात्कृत, दुवैलाई १२ वर्ष कैद सजाय

इकागज | भदौ २७, २०८०

लमजुङ । आफ्नै छात्रालाई करणी गरेकाे आराेपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमज...

बचतकर्ताको रकम हिनामिना गर्ने सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ

इकागज | भदौ २५, २०८०

काठमाडौँ - प्रहरीले पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ललितपुर गो...