अपराध

महिलाको हत्यामा संलग्न चार युवा पक्राउ

इकागज | असोज १६, २०८०

महेन्द्रनगर - गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला पर्यो । शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको उक्त शव प्रारम्भिक अनुसन्धान गर्दै प्रहरीले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा परीक्षण गरी आफन्तको जिम्मा लगायो ।

घटनाको अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले लक्ष्मीको हत्यापछि माइतीघर नजिकै लगेर शव फाल्ने चार युवकलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न रहेको आरोपमा बेलौरी नगरपालिका–१ का १९ वर्षीय राहुल राना, २७ वर्षीय सरोज राना, लालझाडी गाउँपालिका–१ नौरङ्गाका ३३ वर्र्षीय सेनराज राना र सोही स्थानका ३३ वर्षीय पर्शु रानालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

अभियुक्त सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापाले प्रारम्भिक अनुसन्धानबाट हत्या गरिएकी महिलालाई लालझाडी–१ स्थित जङ्गलमा रहेको मचानमा लगेर मादकपदार्थ सेवन गराई खसालेर हत्या गरेको देखिएको जानकारी दिए । 

“मचानको तेस्रो तलाबाट खसालेर घर्तीको हत्यापछि शव उनीहरुले नै माइतीघर नजिकै लगेर फालेको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भने, “मचानबाट खसेपछि गम्भीर घाइते भएकी घर्तीलाई मोटरसाइकलमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

प्रहरीले चारै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले अभियुक्तलाई आइतबार पक्राउ गरी घटनाको अनुसन्धान अघि बढाएको थियो ।
रासस

इलामका लिम्बूको हत्या प्रकरणमा मुख्य आरोपीसहित ११ जना सार्वजनिक

इकागज | असोज १५, २०८०

दमक - तीन दिन अघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले आज सार्वज...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद

इकागज | असोज १३, २०८०

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो सात सय २० ग्राम सुनसहित एक जना फिलिपिन्...