शिक्षा

जापानको सहयोगमा बनेको विद्यालय भवनको उद्घाटन

इकागज | चैत १६, २०८०

काठमाडौँ- जापान सरकारको सहयोगमा निर्मित गोरखाको रामेश्वरी माध्यमिक विद्यालयको कक्षाकोठा भवनको उद्घाटन र हस्तान्तरण गरिएको छ ।

जापान सरकारद्वारा जापानी गैरसरकारी संस्था परियोजनाको लागि अनुदान सहायताअन्तर्गत निर्मित भवनको बिहीबार जापानी राजदूत किकुता युताकाको उपस्थितिमा उद्घाटन गरिएको हो ।

उक्त परियोजना जापानी गैरसरकारी संस्था चाइल्डफण्ड जापानद्वारा कार्यान्वयन गर्दै आएको यहाँस्थित जापानी दूतावासले जनाएको छ । हाल तीन वर्षे परियोजनाको दोस्रो वर्षमा छ ।

सो अवसरमा राजदूत किकुताले परियोजनामा संलग्न सबैको प्रयासको प्रशंसा गर्दै नयाँ भवनको उचित व्यवस्थापन र मर्मत सम्भार हुने अपेक्षा व्यक्त गरे । साथै उनले विद्यालयमा सिकाइको वातावरण र भविष्यमा अझ बालमैत्री विभिन्न तालिम कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे ।

राजदूत किकुताले सन् २०१५ को विनाशकारी भूकम्पपछिको आपत्कालीन विद्यालय पुनःनिर्माण परियोजनाअन्तर्गत नेपालमा यस्ता सहयोग जारी रहेको बताए ।

उक्त परियोजनाले सिकाइ वातावरण र विद्यार्थीको उपस्थिति बढाउने कक्षाकोठाको भवन निर्माण गर्नुका साथै शिक्षकको क्षमता अभिवृद्धि गर्न तालिम पनि प्रदान गर्ने र समुदायमा आधारित बालमैत्री विद्यालयको स्थापनालाई सहयोग गर्ने सुधार गर्ने लक्ष्य राखेको दूतावासले जनाएको छ ।

त्रिविको लापर‍बाही : उत्तर पुस्तिका हरायो, एक वर्षपछि पुनः परीक्षा लिँदै

इकागज | चैत १५, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले उत्तर पुस्तिका हराएका दुईवटा विषयहरूको एक वर्षपछि पुनः परी...

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

इकागज | चैत १५, २०८०

काठमाडौँ- हाजिर गरी बिनाजानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ...

काठमाडौँ महानगरले भन्यो : निजी विद्यालयले एक महिनामा नेपालीपन झल्कने नाम राख्‍नू

इकागज | चैत १५, २०८०

काठमाडौँ- निजी विद्यालयलाई काठमाडौँ महानगरले एक महिनाभित्र नाम परिवर्तन गर्न निर्देशन दिएको छ । महा...

तस्बिरमा एसईई

इकागज | चैत १५, २०८०

काठमाडौँ- आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा शुरु भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन...

सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठलाई मन्त्रीकाे निर्देशन - भर्ना प्रक्रिया पारदर्शी बनाउनू

इकागज | चैत १४, २०८०

काठमाडौँ -  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्...