शिक्षा

स्वास्थ्य मन्त्री बस्नेतले कोरोनाबाट पहिलो मृत्यु भएकी चालिसेको छोरालाई १२ कक्षासम्म निःशुल्क पढाइदिने

इकागज | मंसिर ११, २०८०

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमिल्सिना चालिसेको छोरालाई निःशुल्क पढाइदिने भएका छन् ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका- ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निःशुल्क पढाइदिन लागेका हुन् ।

विस २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनको मात्र थिए । अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले सोमबार काठमाडौँको टोखा नगरपालिका- ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका छन् । उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्च स्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।

रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताए । मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने बताए । उनले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर निःशुल्क वितरण गरेको समेत दाबी गरे । 

मृतकका पति विमल चालिसेले कोरोनाबाट आफ्नो श्रीमतीको ज्यान जाँदा मन्त्री बस्नेतले छोराको पढाईको जिम्मा लिएर मानवीय सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।

त्रिविको दीक्षान्त पुस २ गते, छात्रा र छात्रले कस्तो ड्रेसअप गर्ने ?

इकागज | मंसिर ११, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आगामी पुस २ गते हुने भएको छ । पुस २ गते राजध...

गत वर्ष अध्ययनका लागि अमेरिका गए १५ हजार बढी नेपाली विद्यार्थी

इकागज | कात्तिक ३०, २०८०

काठमाडौँ- एकै वर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या १५ हजार नाघेको छ ।​ नेपालस्थ...

न्याम्स र सशस्त्र प्रहरी अस्पतालबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

इकागज | कात्तिक २४, २०८०

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (...

मधेशमा अहिले पनि २० लाख निरक्षर : साक्षरता दर बढाउन प्रदेश सरकार कछुवा गतिमा

सुभाष कर्ण | कात्तिक २१, २०८०

जनकपुरधाम- पछिल्लो जनगणना २०७८ अनुसार मधेश प्रदेशको साक्षरता दर मात्र ६३ प्रतिशत रहेको छ भने ३७ प्...

चालु आर्थिक वर्षमै मधेशलाई साक्षर बनाउने प्रतिबद्धता

सुभाष कर्ण | कात्तिक २०, २०८०

जनकपुरधाम- सरोकारवालाहरूले मधेश प्रदेशकाे शैक्षिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै साक्षर प्रदेश बनाउने...