शिक्षा

काठमाडौं महानगरको निर्देशन- एसइईको नतिजा नआएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नगर्नू

इकागज | जेठ २४, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईइ)को नतिजा नआएसम्म कक्षा ११ को भर्ना सम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ ।

केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरीका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महानगरले एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि पक्रिया नगर्न महानगरभित्रका सबै विद्यालयलाई बुधबार परिपत्र गरेको हो । 

‘काठमाडौँ महानगरपालिका भित्र सञ्चालित केही विद्यालयले शैक्षिकसत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशन गरेको भन्ने उजूरीका सम्बन्धमा यस विभागको ध्यानाकर्षण भएको छ । माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्ना सम्बन्धी कुनैपनि प्रक्रिया नगर्नुहुन सूचित गरिन्छ,’ महानगरको परिपत्रमा उल्लेख गरिएको छ । 

काठमाडौँ महानगरले भन्योः छात्रवृत्ति नदिने निजी विद्यालयको स्वीकृति र अनुमति रद्द हुन्छ

इकागज | जेठ २३, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध गराउन सबै निजी विद्यालयलाई आग्रह ग...

हेटौंडाको तापक्रम ३७ डिग्री : विद्यालय बन्द गरिँदै, घाममा ननिस्कन स्वास्थ्यकर्मीको सुझाव

इकागज | जेठ २०, २०८०

मकवानपुर- एक्कासि तापक्रम बढेपछि मकवानपुरमा सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्न थालिएको छ । ...

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

इकागज | जेठ २०, २०८०

भारत- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारती...

दिवा खाजामा फलफूल, मासु र खिर-विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

इकागज | जेठ २०, २०८०

लहान-सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने नि...