शिक्षा

सिन्धु सोसाइटी अमेरिकाले थप ६ जना विद्यार्थीलाई कक्षा १२ सम्म पढाइदिने

इकागज | चैत १३, २०७९

काठमाडौँ- सिन्धु सोसाइटी अमेरिकाले ६ जना विद्यार्थीलाई कक्षा १२ सम्म पढाइदिने भएको छ । शैक्षिक सत्र २०८० सालदेखि १२ कक्षासम्म पढाइदिने भएको सोसाइटीका अध्यक्ष सुर्य खड्‌काले जानकारी दिए ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ का ११ वर्षीय सुमन अधिकारी, बाह्रबिसे नगरपालिका-८ की ८ वर्षीया गंगा नेपाली, सुनकोसी गाउँपालिका- ६ की १३ वर्षीया रितु तामाङ, ७ वर्षीय भीजन पराजुली, लिसंखुपाखर गाउँपालिका-७ की ९ वर्षीया सोनम तामाङ र त्रिपुरासुन्दरी गाउँपालिका-२ का ७ वर्षीय अभय थामीलाई छनौट गरेको अध्यक्ष खड्‌काले जानकारी दिए ।

सन् २०१० मा स्थापना भएको यो संस्था सिन्धुपाल्चोकबाट अमेरिकामा बसोबास गर्ने नेपालीहरूको हो । यसअघि उक्त संस्थाले १६ जना पढाएको थियो । अहिले थपिएको ६ जनासहित २२ जना संस्थामा आवद्ध भएका छन् । जसमध्ये ४ जनाले कक्षा १२ पढाई सकाइसकेका छन् । २ जना कक्षा १२ पढ्‌दैछन् ।

हाल सिन्धुपाल्चोकको मेलम्चीस्थित प्रगति इङलिस स्कूल ६ जना र बाह्रबिसेको चण्डेश्वरी बोर्डङ स्कूल ५ पढिरहेका छन् ।
 

नेपाल विश्वविद्यालयले उच्च शिक्षामा नयाँ आयाम थप्ने विज्ञहरूको दाबी

इकागज | चैत ९, २०७९

काठमाडौं- विज्ञहरूले उच्च शिक्षा सुधार र प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि प्रस्तावित नेपाल विश्वविद्यालय म...

खोटाङमा शिक्षकको मापसे परीक्षण गरिने, नगरपालिकाले उपकरण खरिद गर्दै

इकागज | चैत ९, २०७९

खोटाङ - जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण खरिद गर्ने निर्ण...