वातावरण

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

इकागज | बैशाख १६, २०८१

काठमाडौँ- आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ ।

साथै कोशी, बागमती, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि छ ।

मौसम महाशाखाले आइतबार साँझ ६ बजे आगामी २४ घण्टा (सोमबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । 

कस्तो रहला आजको मौसम ?

इकागज | बैशाख १५, २०८१

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था गण्डकी, क...

पाँच दिनसम्म तराईमा तातो हावासहित 'लु' लाग्‍ने, सचेत रहन मौसमविद्को सुझाव

इकागज | बैशाख १०, २०८१

काठमाडौँ- आगामी ५ दिनसम्म देशको तराई भेगमा तातो  हावा चल्ने सम्भावना रहेकाले त्यसको असरबाट बच्न&n...

काठमाडौँको वायु अझै अस्वस्थ, अहिले पनि विश्वको तेस्रो बढी प्रदुषित शहर

इकागज | बैशाख ९, २०८१

काठमाडौँ - काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको...