वातावरण

लामिटारमा भेटिएको अजिङ्गर निकुञ्जको ‘कोर एरिया’ मा छाडियो

इकागज | असार १६, २०८०

मकवानपुर - पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित  लामिटार सामुदायिक वनमा आज ३३ केजीको अजिङ्गर फेला परेको छ । 

अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् । “अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ”, स्थानीय श्यामबहादुर राईले भने । 

लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिङ्गर नियन्त्रणमा लिएका थिए । 

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जङ्गलमा अजिङ्गर देखापरेको हो । केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिङ्गरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले साढे ३२ किलोको उक्त अजिङ्गरसहित अघिल्लो दिन भेटिएको अजिङ्गरलाई पनि निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको जानकारी दिइ । “अजिङ्गर स्थानीयले नियन्त्रणमा लिएका रहेछन् । त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौँ”, पौडेलले भने ।  रासस

भारी वर्षाको सम्भावना

इकागज | असार १४, २०८०

काठमाडौँ- मनसुनी वायुको प्रभावले देशभर बदली रहनुका साथै केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भाव...

ठेक्का नलागे पनि नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने बर्दिबासको नीति विवादमा

इकागज | असार १३, २०८०

महोत्तरी - बर्दिबास नगरपालिकाले ठेक्का नलागे पनि नदीजन्य पदार्थको उत्खनन् गर्न सकिने नीति तथा कार्यक्र...

चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछ : उपराष्ट्रपति

इकागज | असार २, २०८०

त्रिवेणी - उपराष्ट्रपति रामसहायप्रसाद यादवले चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताएका छन् ...