फेसन

म्यानहन्ट २०२४ इन्टरनेशनल नेपालको विजेता अभिनव बने

इकागज | फागुन १४, २०८०

काठमाडौँ- ‘म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४’को उपाधि अभिनव थापाले जितेका छन् । काठमाडौँमा शनिवार आयोजित म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण ‘म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४’ प्रतियोगीतामा थापाले उक्त उपाधि चुमेका हुन् ।

विजेता थापाले आगामी मे महिनामा थाइल्यान्डमा हुने ‘म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगीतामा अभिनवले मिस्टर पपुलर तथा मिस्टर पर्सनालिटीको अवार्ड समेत जित्न सफल भए ।

प्रतियोगितामा दिलीप नेपालीले मिस्टर फ्रेन्डशीप सहित ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’को उपाधि जित्दा युनिक तुलाधर रनर्सअप छानिए । 

क्लब टेनएक्स्को सहकार्यमा ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिइइको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सोयस बलामीले मिस्टर ट्यालेन्ट, सिद्धान्त केसीले मिस्टर फिजिक र विजय थापा मिस्टर फोटोजेनिक घोषित भए ।

अनुप सक्सेनाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताका लागि फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले सहभागीहरूलाई स्टेज प्रस्तुतीकरणमा प्रशिक्षण प्रदान गरेका थिए । प्रतियोगितामा अग्रज फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकार, हाउस अफ फेसन नेपालका ओसिमा बानु तथा अभिनेता एवं मोडल सुशील श्रेष्ठ निर्णायक रहेका थिए ।

'मिस्टर इन्टरनेसनल'मा अभिषेक चुडालले जिते 'मिस्टर कन्जिनियालिटी'को अवार्ड

इकागज | कात्तिक १६, २०८०

काठमाडौँ- चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अभिषेक चुडालले अन्तर्राष्ट्रिय अवार्ड चुमेका छन् । ...

'मिस एण्ड मिसेस ग्लोरियस ब्युटिसियन नेपाल ’को उपाधि क्रिस्मा कुँवर र श्रीमती सोलिना लामालाई

इकागज | कात्तिक ११, २०८०

काठमाडौं - सौन्दर्य प्रतियोगिता ‘एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०...