गसिप

पूजामाथि आँचलका दुई तीर : पहिला फिल्म अस्वीकार, अहिले नामै लिन इन्कार

इकागज | बैशाख ७, २०८०

काठमाडौँ - मिडियामा समकक्षी अभिनेत्रीको बारेमा टिप्पणी गर्ने पूजा शर्मालाई अहिले यही आदत भारी परेको छ । कहिले साम्राज्ञीराज्य लक्ष्मी शाह त कहिले सुष्मा कार्की, कहिले आँचल त कहिले कसको बारेमा कुरा गर्ने पूजालाई आँचलले भने व्यवहारले जवाफ दिएकी छिन् । पहिला पहिला पूजाले छाडेका गसिपको जवाफ दिँदै समय व्यतित गरिरहेकी आँचलले पछिल्लो समय भने पूजाको नामै लिन इन्कार गर्न थालेकी छिन् ।

यत्रो वर्षसम्म खेदो गरेपछि पूजा शर्मा आँचललाई लिएर फिल्म खेल्ने ताकमा थिइन् । कुरा अगाडि पनि बढेको थियो । तर आँचलले त्यो फिल्म खेल्न इन्कार गरेको कुरा पुरानो भइसकेको छ । पूजा स्वयंले बुधबार आफ्नो र रेखा थापाको फोटो राख्दै अर्की अभिनेत्री कुन ? आसयको पोस्ट राखेपछि  फिल्मबाट आँचल बाहिरिएको खबर आफैँले दिएकी छिन् । जबकि यो फिल्ममा रेखा र पूजासँगै आँचलले खेल्ने कन्फर्म गरेको समाचार आएका थिए ।

तर आँचलले फिल्म गर्ने त परको कुरा रेखाले स्क्रिप्ट माग्दा स्क्रिप्टसमेत नदिएको बयान दिएकी थिइन् । यसले आँचलले फिल्म खेल्न लागेको कुरा पनि रेखा र पूजाले हचुवामा सार्वजनिक गरेको प्रमाणित भएको थियो । बुधबार पूजा आफैँले अर्की अभिनेत्रीको खोजी गरेपछि दुवै आँचललाई लिने मनस्थितिमा नरहेको पुष्टि भएको छ । र आँचलले यो फिल्म गर्न इन्कार गर्नुमा पूजा नै मुख्य कारण रहेको अनुमान गर्न गाह्रो पर्दैन । 

अर्को चाहिँ आँचलले पछिल्लो समय पूजासँग जोडेर आउने प्रश्नलाई ठाडै इन्कार गर्ने गरेकी छिन् । उनले पूजाको नाम लिएर प्रश्न आउने बित्तिकै उनले प्रश्न टार्ने र अरु नै कुरा गरौँ भन्दै विषयान्तर गर्ने गरेकी छिन् । 

न्वारनको नाम ट्रोलमा परेपछि करिष्माको व्यंग्य –नामले पोलेर भिटामिन डी पाइयो, राम्रै भयो

इकागज | चैत १७, २०७८

काठमाडौँ - करिष्मा मानन्धरको एमाले प्रवेशले त्यति तरङ् ल्याएन जति उनको एउटा भाषणले ल्यायो । एमाले प्...