सरकार

नेताहरूले मुलुकको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् : अध्यक्ष तिमिल्सिना

इकागज | मंसिर १९, २०८०

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरूले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् । अध्यक्ष तिमिल्सिनाले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरूले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको बताएका हुन् ।

मंगलबार काठमाडौँमा आयोजित बालक्लवका पूर्व सदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न पनि आग्रह गरे ।

उनले अघिल्लो पुस्ताका नेताहरूले व्यवस्था परिवर्तनका लागि गरेको संघर्षप्रति धन्यवाद दिँदै युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता औंल्याए । युवाहरू विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताए ।

‘व्यवस्था परिवर्तनमा तपाईहरूको महत्वपूर्ण योगदान रह्यो । तर समृद्धिका लागि तिमीहरूले राम्रो काम गर्न सकेनौं । अव समृद्धिको खाका हामीसँग छन् भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुपर्‍यो । मेरो भनाई त्यहाँ हो । जाने अमेरिका, बेलायत गएर पढेर आउने हो । युरोप, अष्ट्रेलिया वा जापान, चाइना जहाँ गएर पढेर आउनुहोस् । त्यहाँ सिक्ने हो' उनले भने 'त्यहाँबाट सिकेर आएर अब सुशासनको लागि, आर्थिक प्रगतिको लागि, सामाजिक न्यायको लागि अघिल्लो पुस्ता अधिकार प्राप्तीका लागि जति लडाई गर्‍यो, अव बाँकि काम गर्ने दायित्व हाम्रो हो भनेर एक चोटी अर्को संघर्ष गर्न जरुरी छ ।'

'युवाहरूले गर्ने संघर्ष भनेको त्यो हो । ज्वाईं ससुराली गएर खाएजस्तो गरेर विदेशमा बसेर नेपाल बिर्सने काम युवाहरूले गर्नुहुँदैन । त्यहाँ सिकेर देश निर्माण गर्न लाग्नुपर्‍यो । मेरो अनुरोध के हो भने हिजोको पुस्ताले अहिलेसम्म राजनीति गरिरहेको पुस्ताले ठूलो त्याग गर्दै राजनीतिक परिवर्तन जिवनमरणको लडाई लडेर यो परिवर्तन ल्यायो । त्यसका लागि धन्यवाद भनौं' तिमिल्सिनाले भने 'अब अगाडि बढनेमा आशातित हिसावले गर्न नसकेर हिजोको त्यागको प्रतिफल आफैँ खान सन्ततिका लागि हुनुपर्नेमा आफैँका लागि भनेर अलि लोभलालची हुन थाल्यो । के गर्नु सत्तामा गइरहने तर तर राम्रो नगरेपनि सधैंभरी कति पटक भनेर लागि रहने जुन भइराखेको छ । त्यसमा युवाहरूले हस्तक्षेप गरेर तपाईहरूजस्तो ऊर्जाशील आएर देशलाई सुशासन, न्याय र आर्थिक प्रगतिमा लैजाने कुरामा अठोट गर्नु पर्‍यो । वातावरण बनाउने हो । बनेन भने संघर्ष गर्ने पनि अर्को कुरा हो । देशलाई आर्थिक प्रगति र समृद्धिका दिशामा अघि बढाउने गरी युवाहरूले काम गर्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरू दृढ अठोटका साथ अघि बढनुपर्ने बताए । उनले बाल क्लबमा आवद्ध युवाहरूले भावी दिनमा राष्ट्र निर्माणका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्नेलक्ष्यसहित अघि बढ्नुपर्ने बताए । 

 

नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा ढुक्क छु : प्रधानमन्त्री दाहाल

इकागज | मंसिर १७, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप-२८)...

अहिले नै मन्त्रिमण्डल पुनःगठनको सम्भावना छैन : प्रम दाहाल

इकागज | मंसिर १७, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनःगठनको सम्भावना नरहेको बताएका छन् ।​ आइतबार युएई ...

कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

इकागज | मंसिर १६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य ...

भूमिहीन किसानहरूका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री श्रेष्ठ

इकागज | मंसिर १६, २०८०

काठमाडौँ-  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोताहा भूमिहीन किसानहरूका समस्या समाध...

'नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको छ, अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्छ'

इकागज | मंसिर १६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोग्न...

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

इकागज | मंसिर १६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । प्र...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

इकागज | मंसिर १६, २०८०

युएई (दुबई)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न न...

अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

इकागज | मंसिर १६, २०८०

चितवन- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन न...