स्वास्थ्य

काठमाडौँमा एक लाख २५ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आईपीभी खोप लगाइँदै

इकागज | जेठ १३, २०८१
काठमाडौँ- सरकारले जेठ १३ देखि २६ जेठसम्म देशभर पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्दैछ । विसं २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म  देशभर जन्मिएका १४ लाख ६० हजार ६१२ जना बालबालिकाहरूलाई अभियान सञ्चालन गरी आईपीभी खोप दिने तयारी गरेको हो । त्यसबेला विश्वबजारमा यो खोप अभाव भएका कारण ती बालबालिकाहरू आईपीभी खोपबाट पाउनबाट बन्चित थिए । खोपबाट बन्चित भएका बालबा...