पूर्वाधार

५२ करोड लागतमा धनगढी बजारमा मुख्य सडक बन्दै

इकागज | असार १२, २०८०

कैलाली । धनगढी उपमहानगरपालिकाको मुख्य बजार सडकको आज शिलान्यास गरिएको छ । कैलाली पुलदेखि हुलाकी सडकको शून्य विन्दुसम्म निर्माण हुने सडकको सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको करिब ५२ करोडको लागतमा निर्माण हुने सडकको लम्बाई २ हजार २८४ मिटरको हुनेछ भने सडकको चौडाई ३० मिटरको हुने उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले जानकारी दिए । 

दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरि धनगढीको केएस कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । १४/१४ मिटरको मुख्य सडकको दायाँबायाँ डेढ/डेढ मिटरको खानेपानी र टेलिफोनका लागि अन्डरग्राउण्ड पास हुने ईन्जिनियर भट्टले बताए । उनले सडकको बीचमा २ मिटरको डिभाइडर समेत रहने बताए ।

धनगढी उपमहानगरपालिकाको नेतृत्व लिए लगतै मेयर गोपाल हमालले उक्त सडक खण्डमा पर्ने पक्की भौतिक संरचना भत्काउन घर धनीहरुलाई अपील गरेका थिए । बिना कुनै रोकावट सबै घरधनीहरुले आफैँ घर भत्काएर सडक निर्माणमा सहज गरेको स्मरण गर्दै मेयर हमालले सबैलाई धन्यवाद दिएका छन् । 

कैलाली पुलदेखि हुलाकी सडकको शून्यबिन्दु सम्म पर्ने घरहरु भत्काएर सडक निर्माणमा सहज गरेको भन्दै ती सबै घरधनीहरुलाई सम्मान समेत गरिने मेयर हमालले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री रमेश धामी, उपमहानगरपालिका मेयर गोपाल हमाल, उपमेयर कन्दकला कुमारी राना, भौतिक पूर्वाधार मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो ।

पूर्वपश्चिम राजमार्ग : काम तीव्र गर्न निर्माण कम्पनीलाई देवचुलीका नगरप्रमुखको ध्यानाकर्षण

इकागज | असार १०, २०८०

देवचुली । पूर्व पश्चिम राजमार्गको सडक निर्माणप्रति देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने...

२५ महिनाअघि सक्नुपर्ने बागमती सभाको नयाँ भवन निर्माण किन अझै अधुराे ?

इकागज | असार ९, २०८०

मकवानपुर । भवन निर्माणका लागि तोकिएको म्यादभन्दा २५ महिनाबढी म्याद सकिँदासम्म बागमती प्रदेश सभा सच...

सडक कालोपत्रे र स्तरोन्नति गर्न गण्डकीकाे कहाँ कति बजेट विनियोजन

इकागज | असार ९, २०८०

म्याग्दी- गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ म्याग्दीका ६८ सडक कालोपत्रे र स्तरोन्नति गर्न ...

काम अलपत्र पारेर सम्पर्कविहीन हुने ठेकेदारकाे ठेक्का रद्द गर्न माग

इकागज | असार ७, २०८०

गलकाेट । सम्झौता मिति सकिँदासम्म सडक कालोपत्रे नगरेर अलपत्र छोड्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्न स्थान...

निर्माणकाे साँढे पाँच वर्ष बित्दासमेत सकिएन कञ्चनपुरकाे ओदाल खाेलाकाे पुल

इकागज | असार ६, २०८०

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ ओदाल खोलामा अठार महिनामा निर्माण सम्पन्न गर्नुपर्ने पक्...