पूर्वाधार

निर्माणमा ढिलासुस्तीले छ वर्षसम्म पनि पुल बनेन

इकागज | असोज ४, २०७९

घोराही दाङमा २६ महिनामा बन्नुपर्ने पुल छ वर्षभन्दा बढी समय बितिसक्दासमेत पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण निर्माण पूरा हुन नसकेको हो ।    
    
ग्रामीण सडकअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१५ को कोठरी–डुरुवा जोड्ने हापुर खोला पुल २०७५ साल वैशाख १८सम्ममा पूरा गर्ने गरी २०७३ पुसको १९ गते सुर्खेतस्थित सूर्य कन्स्ट्रक्सन प्रालीसँग करिब रु १३ करोडको लागतमा काम गर्ने गरी सम्झौता भएको थियो तर निर्माण व्यवसायीको चरम लापरबाहीका कारण चार वर्षअघि निर्माण सक्नुपर्ने पुल अझैसम्म सकिएको छैन । पुल निर्माणका लागि तीन पटक म्याद थप भइसक्दासमेत पूरा हुन नसकेपछि सडक डिभिजन कार्यालयले चौथो पटक गत असारमा पुनःम्याद थप गरेको कार्यालयका सूचना अधिकारी तथा इञ्जिनीयर अमिर सुवेदीले जानकारी दिए ।    
    
समयमा काम गरेको भए करिब २६ महिनामै सकिनुपर्नेमा निर्माण व्यवसायीको लापरबाहीका कारण सम्झौता भएको छ वर्षभन्दा बढी समय भइसक्दासमेत निर्माणको काम नसकिएको उनको गुनासो थियो । सूचना अधिकारी सुवेदीका अनुसार पुलको सुपरस्ट्रक्चर निर्माणको काम सकिएको छ तर सवस्ट्रक्चर निर्माणको काम हुन सकेको छैन । पुलको अहिलेसम्म पिलर निर्माणको काम सकिएको छ । अब माथिको भाग बनाउन बाँकी छ ।    
    
विसं२०८० साल असार मसान्तभित्र काम सक्न निर्माण व्यवसायीलाई पुनः एक वर्षका लागि म्याद थप गरिएको उनले बताए । सुरुमा पुल निर्माणका क्रममा निर्माण व्यवसायीले जग्गा विवाद र कोरोना सङ्क्रमणको बहाना बनाउँदै पटकपटक काममा ढिलाइ गर्ने गर्दा समयमा पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।    
    
पुल निर्माणमा व्यवसायीले ढिला गरेको र छिटो काम सक्नुपर्ने भन्दै पटकपटक व्यवसायीलाई सूचना प्रकाशित गरेर ताकेता गरे पनि निर्माण व्यवसायीले बेवास्ता गर्दै आएको थियो ।  

सांसद तामाङद्वारा सिन्धुपाल्चाेकमा निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास

इकागज | असोज १, २०७९

काठमाडौँ - नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले मेलम्ची नगरपालिकाको भदौर...

विज्ञहरू भन्छन् : पूर्वाधार क्षेत्रमा लगानी ल्याउन नयाँ स्रोत प्रयोग गर्नुपर्छ

इकागज | भदौ २४, २०७९

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक लगानीमा वृद्धि हुन बचत बढ्न जरुरी रहेको बताएका छन् । भौ...

पूर्वाधार निर्माण देश र राष्ट्रका लागि नभइ व्यक्तिगत फाइदाका लागि : अर्थमन्त्री

इकागज | भदौ २४, २०७९

अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार निर्माण देश र राष्ट्रका लागि भन्दा पनि व्यक्तिगत फाइदा हेरेर गर्ने ...