साहित्य

रवीन्द्र समीरको कोरोनातन्त्र बजारमा

इकागज | चैत ७, २०७९

लेखक रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र बजारमा आएको छ । समीरको यो दशौँ लघुकथा संग्रह हो भने दोस्रो उपन्यास पनि । कोरोनातन्त्र सूत्र उपन्यासभित्र एक सय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ ।

कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सुत्रात्मक रूपमा बुनेका छन् । कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएका छन् । पुस्तकको केन्द्रीय पात्र डा.शर्माको भोगाई तथा अनुभवले उपन्यास निकै बाँधिएको छ ।

हामीले भोगेका निरङ्कुश तन्त्र, प्रजातन्त्र, लोकतन्त्र आदिले जसरी हामीमाथि निर्मम शासन गरे, त्यसैगरी आँखाले देख्न नसकिने कोरोना भाइरसले कोरोनातन्त्रको नाममा कसरी शासन गर्यो भन्ने विम्बलाई पुस्तकमा सन्तुलित रूपमा लेखिएको छ ।

इन्डिगो इन्कले बजारमा ल्याएको यो पुस्तक महामारीको जीवन्त दस्ताबेजका रूपमा रहने विश्वास गरिएको छ ।​

कोरोनातन्त्र उपन्यासमा उनले कोरोनाको वैश्विक महामारीका अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण ब्यंग्य गरेका छन् । कोरोनातन्त्र वर्तमान तथा भावी पुस्ताको लागि संग्रहणीय उपन्यास हो ।


 

मेलम्चीघ्याङका पुर्ण गौतम र साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई जुगल सम्मान

इकागज | फागुन २९, २०७९

चौतारा - सिन्धुपाल्चोकको चौतारा बजारमा रहेको जुगल बोर्डिङ हाइस्कुलले जुगल शिक्षा सम्मानबाट पुर्ण गौतम र ...

टर्किस लेखक अहमेत हम्दी थम्पिनारको उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित

इकागज | फागुन २८, २०७९

काठमाडौं : टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस&...

बा

मन्जु थापा ‘आनन्द’ | फागुन २७, २०७९

बा जिम्मेवारीले भरिएको सम्बन्ध हो । जसरी भवनको वजन खाबोले उठाउँछ त्यसरी नै परिवारको वजन बाले उठाउँछन् ...

किताब माग्‍ने, हातबाट झर्ने र तिनलाई उठाउने निहुँमा बन्‍ने सम्बन्धहरू अब के हुन्छन् ?

गुलजार | फागुन १५, २०७९

चिहाउँछन्‌ किताबहरू  बन्द दराजका सिसाबाट बडो उत्सुकतासाथ हेर्छन्‌ महिनौँसम्म ...

बार्डो (कथा)

ऋतेश | फागुन १३, २०७९

आवाजको न रूप छ, न त स्वरूप । आवाज कुन दिशाबाट आइरहेको छ, मलाई थाहा छैन । सायद यो आवाज म जस्तै अथवा ...