साहित्य

भुवन दाहालको 'रिटायरमेण्ट एट फिप्टी' आजदेखि बजारमा

इकागज | साउन १, २०७९

काठमाडौँ- नेपाल बैंकर्स संघको अध्यक्षमा १ कार्यकाल तथा सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा ८ वर्षको पूर्ण कार्यकाल सम्पन्न गरी हालै सेवा निवृत्त भएका भुवन दाहालले लेखेको “रिटायरमेण्ट एट फिप्टी” नामक पुस्तक आजदेखि बजारमा आएको छ । नबिल बैंक तथा सानिमा बैंकमा ३ दशक भन्दा बढी समय बिताउनु पूर्व दाहाल सरकारी कर्मचारी समेत रहेका थिए ।

दाहालले आफ्नो पुस्तकमा बैंकिङ क्षेत्रका रमाइला र चाख लाग्दा प्रसंग उल्लेख गरेका छन् । पुस्तुकको एक प्रसंगमा उनले लेखेका छन्- 'आर्थिक वर्ष २०६९/७० भन्दा ३.९९५ बिन्दुले लगानीको प्रतिफल बढाइ सबैभन्दा कान्छो वाणिज्य बैंक सानिमा बैंकलाई, आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीलाई सबै भन्दा बढी प्रतिफल दिने बैंक बन्न सफल भयो जबकि सोहि अवधिमा बाणिज्य बैंकहरूको समग्र प्रतिफल दर १०.२१५ बिन्दु भन्दा बढीले घटेको थियो । सोहि अवधिमा वाणिज्य बैंकका कर्मचारीहरूको प्रतिव्यक्ति आम्दानी ४९५ ले बढ्दा सानिमा बैंकका कर्मचारीको प्रतिव्यक्ति आम्दानी १०८५ ले बढ्यो ।

असार मसान्त २०७० को तुलनामा असार मसान्त २०७८ मा सानिमा बैंकको चल्ती तथा बचत निक्षेपको अंश झण्डै १८५ बिन्दुले बढ्यो जबकि सोहि अवधिमा वाणिज्य बैंकहरूको सो अंश झण्डै १५ बिन्दुले घटेको थियो । सोहि समयमा ब्यक्तिगत निक्षेपको अंश वाणिज्य बैंकहरूमा २.२५ बिन्दुले बढ्दा सानिमा बैंकले २२.२४५ बिन्दुले बढायो । अपवाद बाहेक सानिमा बैंक प्रत्येक वर्षको असार मसान्तमा सबैभन्दा न्यून निश्कृय कर्जा राख्न सफल रह्यो । उनको ८ वर्षे कार्यकालमा धेरै शाखा नखोली तथा ठूला मर्जर पनि नगरी सानिमा बैंक सञ्चालन मुनाफाको श्रेणी सुधारमा दोश्रो हुन सफल भयो । यस्ता धेरै अनौठा उपलब्धीहरू दाहालको कार्यकालमा सम्भव हुनुका कारणहरू उनको पुस्तकमा उल्लेख छन् ।'

त्यसैगरि दाहाल प्रमुख वित्त अधिकृत हुँदा आर्थिक वर्ष २०६५/६६ मा नबिल बैंक सञ्चालन मुनाफामा स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पछि पारी १ नम्बरको ताज पहिरिन सफल भएको थियो । पहिलो बिदेशी लगानीको बैंक नबिलको मुख्य विदेशी लगानीकर्ता इमिरेट्स बैंक इन्टरनेशनल लि., दुबईको शेयर नेशनल बैंक लि., बंगलादेश अनि पछि एन.बि. इन्टरनेशनल लि., आयरल्याण्डमा सार्दा दाहाल नबिल बैँकमै कार्यरत थिए । नेपाल बैंकर्स संघको अध्यक्ष हुँदा संघिय संसदको अर्थ समिति, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, सिबिफिन आदि संस्थासँग कार्य गर्दाको उनका अनौठा अनुभवहरू पनि पुस्तकमा लेखिएका छन् ।

उनले किताबमा ७ वटा अध्यायहरू मार्फत निम्न बिषय समेटेका छन्
१. २७ वटा वाणिज्य बैंकहरूको आर्थिक वर्ष २०६९/७० तथा आर्थिक वर्ष २०७७/७८ को तुलनात्मक वित्तीय कार्य सम्पादन 
२. सानिमा बैंकका सफलताका कथाहरूका साथै अन्य विविध कुरा पस्कने क्रममा भिआइपी सेयरधनी सम्बन्धित विषयवस्तु । सानिमा, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक,   स्ट्यान्डर्ड चार्टड बैंक, र निम्न बैंकहरूको वित्तीय अवस्थाको तुलनात्मक विवरण समेटिएको छ।
३. नबिल बैंक कसरी नाफामा नं-१ भयो तर रेमिट्यान्स बिजनेसमा सफल हुनसकेन, चन्द्र ढकाल सफल भए लगायतका अन्य चाख लाग्दा प्रसंगहरू 
४. बैंकिङ्ग कसुर तथा सजाय ऐन संशोधन लगायत बैंकर्स संघसँग जोडिएका विभिन्न प्रसंगहरू 
५. ग्लोबल आई.एम.ई. को उदाहरण सहित मर्जर तथा प्राप्तीमा के गर्नु पर्ने हो भन्ने लगायत बैंकिंग क्षेत्रका विविध बिषयहरू 
६. हाम्रो देशको आर्थिक तथा सामाजिक विकास, राजनीतिज्ञ, कर्मचारीतन्त्र, जातिय क्षेत्रीय संकीर्णता आदि विषयहरू  
७. विज्ञान शिक्षकबाट खाएको पिटाई,  नबिल बैंकमा आफ्नो बढुवा छिटोछिटो हुनुको रहस्य तथा युवा पुस्ताले सफल हुन गर्नुपर्ने विषय र आफू फेरि सि.ई.यो. हुन नचाहेको कारण 

यस पुस्तकमा उनले बैंकिङ्ग क्षेत्रका हस्तिहरू सत्येन्द्र प्यारा श्रेष्ठ,  राजन सिंह भण्डारी,  शोभनदेव पन्त, सुरेन्द्र भण्डारी, पर्शुराम कुँवर, श्रवण मास्के, अनिल ज्ञवाली, अनिल केशरी शाह, अनिल उपाध्याय, सुनिल के.सि।, ज्ञानेन्द्र ढुंगाना, सचिन जोशी, अशोक राना, राधेश पन्त, बर्षा श्रेष्ठ, सुन्दर कंडेल, तुलसिराम गौतम, कुमार लम्साल, अनुपमा खुञ्जेली, मनोज गोयल, डि.सि. खन्ना, सुरज मेहता, रबिना देशराज श्रेष्ठ, स्व. सुप्रिय गुप्ता, स्व. शम्भु प्रसाद पौडेल, आदि संग जोडिएका विविध प्रसंगहरू उल्लेख गरेका छन्।

त्यसैगरि मह जोडी, डा। युवराज खतिवडा, बिष्णु पौडेल, जनार्दन शर्मा, बिनोद चौधरी, डा. पुष्प कंडेल, डा. चिरञ्जीवी नेपाल, महा प्रसाद अधिकारी, बम बहादुर मिश्र, शेखर गोल्छा, रेवत बहादुर कार्की, जिवनाथ लामिछाने, सन्दिप लामिछाने आदिसँग जोडिएका रमाइला प्रसंगहरू पनि किताबमा उल्लेख गरिएका छन् ।
दाहालले पुस्तक लेखनबाट प्राप्त हुने सम्पूर्ण पारिश्रमिक सामाजिक संस्थाहरूलाई प्रदान गर्ने निर्णय गरेका छन् । 

जब भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री देउवा... (फोटो फिचर)

इकागज | असार २९, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको अवसरमा उनको शालिकम...