गजल
आँखामा कुर्सी ,हातमा झण्डा ,बाटो छोड्नुस ।
मागेर दान ? लुटेर चन्दा ? बाटो छोड्नुस ।
बाटो यसरी पनि खुलाइयो धेरै पटक ।
हो तपाइँ ठीक म भन्दा ,बाटो छोड्नुस ।
म भात कमाउन हिँडेको, तपाईं कता ?
सबैलाई आ-आफ्नै धन्दा बाटो छोड्नुस ।
चरीको दुःख लेख्नेलाई थाहा छ कि भेट्नुछ
कस्तो हुँदो रैछ पिँजडा बन्दा बाटो छोड्नुस ।
यी बाटोमा मूर्तिहरू कति राम्रा राम्रा
बन्चरो को चोट अनि रन्दा बाटो छोड्नुस ।