फिचर

तीन पटक एभरेष्ट म्याराथन जितेका 'हिम चितुवा' भन्छन्

अहिले खेलाडीको ध्यान खेल्नेतिर भन्दा ट्रयाकसुटतिर बढी जान थाल्यो

सञ्जीव शाह | असोज ३०, २०७९

पोखरा- गण्डकी प्रदेशमा अहिले नवौँ राष्ट्रिय खेलकुद चलिरहेको भइरहेको छ । राष्ट्रिय खेलकुदका अधिकांश खेलहरू पोखरामा संचालन भइरहेका छन् । पोखरामा दोस्रो पटक राष्ट्रिय खेलकुद आयोजना भइरहेको हो । यसअघि २०४० मा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा सहभागीमध्येका एक थिए, जुम्लाका धावक हरिबहादुर रोकाया । ५ हजार मिटरमा सहभागिता जनाए पनि चौथों भएका रोकाया भने अहिले निर्णायकको रूपमा पुनः पोखरामा छन् ।

तर करिब ४० वर्षपछि पुनः पोखरामा फर्किएको राष्ट्रिय खेलकुदको माहोलबाट खुसी छैनन् । रोकायाका अनुसार अहिलेको भन्दा २०४० मा आयोजना भएकै राष्ट्रिय खेलकुद प्रतियोगिता व्यवस्थित थियो ।

'सबै भन्दा व्यवस्थित भएको प्रतियोगिता २०४० मा पोखरामा भएको प्रतियोगिता नै हो । सबै व्यवस्थापन राम्रो थियो । अहिले जतिको भद्रगोल कहिले थिएन । अहिले कसैले ट्रयाकसुट पाएन, कसैले जुत्ता पाएन भनेर गुनासो गर्छन् । अहिले के भयो भने खेलाडीको खेल्ने भन्दा पनि ट्रयाकसुटतिर ध्यान जान थाल्यो । यो पहिले नै प्रदेशलाई पठाएर व्यवस्थित गर्न सक्नुपर्थ्यो,' रोकाया भन्छन् ।

दोस्रो राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदा रोकाया चौथों भएका थिए । ५ हजार मिटर दौडमा उनी अमिरी यादव, बैकुन्ठ मानन्धरहरू भन्दा पछि परे । तर उनलाई के लाग्यो भने एकदिन उनीहरूलाई पछि पारेरै देखाउँछु । लगतै दाङमा २०४१ मा भएको एथलेटिक्स राष्ट्रिय च्याम्पियनसीपमा रोकायाले उनीहरूलाई पछि पारे । २०४४ र २०४५ मा त उनी नेपालको उत्कृष्ठ खेलाडी बने ।

तर रोकायालाई भने पोखरामा खेलेको प्रतियोगिताको सम्झना अझै ताजा छ । 'पोखराको उहिलेको माहोल र अहिलेको माहोलमा धेरै फरक छ । आकाश पातालकै फरक छ । अहिले भौतिक पूर्वाधार विकास भएको छ । ट्रयाक बनेको छ । त्यतिखेर सानो ट्रयाक थियो । तर पनि खेलाडीहरू अनुशासित थिए,' उनी थप्छन् ।

दोस्रो र तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएपछि उनी एभरेष्ट म्याराथनतर्फ लागे । तीन पटक एभरेष्ट म्याराथन जितेपछि उनको नाम 'हिम चितुवा' राखियो । सन् २००३ मा उनले सन्न्यास लिए ।

अहिले उनी खेलाडी उत्पादनमा पनि सक्रिय भएर लागेका छन् । तर खेलाडीलाई टिकाउन नसक्दा भने खुसी छैनन् ।

'आफूले खेलाडी उत्पादन गर्‍यो अनि अरुले नै लैजान्छन् । खेलाडीलाई एकैठाउमा राख्न गाह्रो छ । राज्यको दायित्व भनेको खेलाडीको खेल्ने जीवन सुनिश्चित गरिदिनुपर्छ । अनि खेलाडीले निर्धक्क भएर खेल्न पाउछन् । स्थानीय तहले खेलाडीहरूलाई छोड्नु हुँदैन । राम्रो खेलाडीलाई विभागीय टिमले लगिहाल्छ अनि प्रदेशलाई कहाँबाट पदक आउछ । हामीले खेलाडी उत्पादन गर्ने अनि अरुले लिएर जाने । उनीहरूलाई टिकाउन रोजगारीको व्यवस्था गर्न सक्नु पर्छ । प्रदेश र स्थानिय सरकारले कुनै न कुनै रोजगारी दियो भने उनीहरूले खेल्नेछन् ।'

रोकायाका अनुसार अहिले भनेको खेल राम्रो गर्न पैसा चाहिन्छ । 'खेल राम्रो हुन डाइट चाहिन्छ र त्यही डाइटका लागि खेलाडीहरू विभागीय टिममा जान्छन् । यही त्यो प्रदेश र स्थानीय सरकारले प्रदान गर्ने हो भने बाहिर खेलाडी जाँदै जाँदैनन्,' उनी भन्छन् ।  

'पहिलो पटक नै राम्रो प्रदर्शन गर्दा आफूले राष्ट्रिय खेलकुद परिषद्मा जागिर पाएँ । अनि म खेलकुदमै बाधिएको छु । पहिला त खेलाडीहरूले नेपाल एयरलाइन्स, हिमाल सिमेन्ट तथा जनकपुर चुरोट कारखाना जस्तामा जागिर खान्थे । त्यति खेर खेलाडीहरू कुनै न कुनै संस्थामा आवद्ध हुने मौका पाउँथे । अहिले विभागीय टिमबाहेक अन्त जाने विकल्प नै छैन ।'

के प्रशिक्षक प्रभाकरले क्रिकेट भित्रको गुटबन्दी अन्त्य गर्लान् ?

सञ्जीव शाह | साउन २९, २०७९

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली राष्ट्रिय पुरुष क्र...

दुई वर्षअघि ट्रायथलनमा हाफ बनेका आलोक नेपालकै पहिलो 'फुल आइरन म्यान'

अतिन आचार्य | असार १३, २०७९

काठमाडौँ- नेपालका आलोक खत्री जर्मनको फ्रयांकफर्टमा भएको ट्रायथलनमा सहभागी भइ 'फुल आइरन म्यान&#...

ज्ञानेन्द्र मल्लः जसको कप्तानी खोसियो, टिमबाट नामोनिसान मेटाइँदै छ

सञ्जीव शाह | असार १२, २०७९

काठमाडौँ – क्रिकेटर ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान गरेपनि नेपालले युनाइटेड अरब इमिरेट्...

यौन दुर्व्यवहार भोगेका प्याट्रिस इभ्राः जो अरुलाई यसबाट बचाउने अभियानमा छन्

इकागज | असार ११, २०७९

काठमाडौँ –  म्यानचेस्टर युनाइटेड र फ्रान्सेली फुटबल पूर्वस्टार प्याट्रिस इभ्राले बालबालिकाविरुद्...