संगीत

राजेश हमाललाई पपुलर गीतको अवार्ड !

इकागज | चैत २२, २०७८

काठमाडौँ - करिअरको उत्तराद्र्धमा म्युजिक भिडियोमा रत्तिन थालेका राजेश हमालले यतिबेलै गायक हुने रहर पनि पूरा गरेका थिए । केही समयअघि उनले ‘ मन बूढो भएन’ बोलको गीत रेकर्ड गराएर सार्वजनिक गरेका थिए । प्रशस्तै हल्ला खल्लाबीच सार्वजनिक भएको गीत बजारमा आइसकेपछि भने फिस्स भएको थियो ।

न राजेश हमालको स्वरले कसैलाई मोहित बनाएको थियो न भिडियोले । सार्वजनिक भएको ५ महिनापछि बल्ल यो गीतले १० लाख भ्युज पाएको छ ।  तर बजारमा खासै जम्न नसकेको यही गीतबाट राजेश हमालले शनिबार बाँडिएको एउटा अवार्डमा पपुलर गायकको अवार्ड जितेका छन् । पिम्स अवार्ड शीर्षकमा बाँडिएको सो अवार्डमा हमालले यही गीतबाट पपुलर गायकको अवार्ड जितेका हुन् । 

राजेश हमाल पछिल्ला समय फिल्मको मनोनयनमा भने पर्ने गरेका छैनन् । महानायक भइसकेको मान्छे कसरी अरु कलाकारसँग प्रतिस्पर्धा गर्ने भनेर अवार्ड आयोजकले उनलाई मनोनयनमा राख्ने गरेका छैनन् । अवार्ड आयोजकले यो निर्णय गर्नु र राजेश हमालले मनोनयनमा पर्ने गरी फिल्म नगर्नु एकै समय भएकाले यसले खासै समस्या निम्त्याएको छैन । तर संगीतको अवार्डमा भने राजेश हमालले मनोनयनमा मात्र सकारेनन् अवार्ड पनि ग्रहण गरे । 


 

धर्मस्थली जात्रामा सविन राईसहित विभिन्न कलाकारको सांगितिक कार्यक्रम हुने

इकागज | चैत १९, २०७८

काठमाडौँ – घोडेजात्राको अवसरमा धर्मस्थली जात्रामा सांगितिक कार्यक्रम आयोजना हुने भएको छ । आइतबार ...

२५ लाख पुरस्कार राशिको ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ का लागि खुल्यो अडिसन

इकागज | चैत १८, २०७८

काठमाडौँ- भ्वाइस स्टार नेपालले निर्माण गर्न लागेको गायन रियालिटी सो ‘नेपाल्स सिङ्गिङ सुपरस्टा...