इन्द्र जात्राकाे आज अन्तिम दिन, महिलाहरुले ताने रथ (फोटो फिचर)
काठमाडौं– आज इन्द्र जात्राको आठौं दिनमा महिलाहरुले रथ तानेर यात्रा सुरु गरेका छन् । जात्राको अन्तिम दिन वसन्तपुरबाट महिलाहरुले रथयात्रा गरेका हुन् ।
रथ यात्रामा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पनि सहभागी भएकी थिइन् ।
कुमारी घरबाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखनमा रथ लगिएको हो । कुमारी घर पुगेर रथ यात्रा समापन गरिने गरिएको छ ।