प्रमुख समाचार

किसान टु किचेन

'फ्रेसकेटिएम' को पाँचौ आउटलेट झम्सिखेलमा, १२ गतेदेखि नैकापमा पनि

इकागज | भदौ ५, २०७९

काठमाडौँ – नेपाली भान्सामा सुरक्षित तरकारी पुर्‍याउने उद्देश्यले झन्डै एक वर्षअघि काठमाडौँको रातोपुलबाट आउटलेट सुरु गरेको ‘फ्रेसकेटिएम’ ले पाँचौँ आउटलेट झम्सिखेलमा उद्घाटन गरेको छ।

एक वर्षअघि तरकारी तथा फलफूल बारीबाट सिधै उपभोक्तासम्म पुर्‍याउने ‘फ्रेस केटिएम’ ले आफ्नो पहिलो आउटलेट रातोपुलमा सञ्‍चालनमा ल्याएको थियो। हाल रातोपुलसहित फ्रेस केटिएमको गोल्फुटार, भैसीपाटी, थसिखेल तथा झम्सिखेल गरी ५ स्थानमा आउटलेट सञ्‍चालनमा रहेका छन्। साथै दैनिक १५ टन तरकारी बिक्री गर्दै आएको फ्रेस केटिएमले भदौ १२ गतेबाट नैकापमा गोदाम घर सहितको आउटलेट खोल्ने तयारीमा जुटेको छ । नैकापको यस गोदामसँगै बिक्री ३० टन हुने कम्पनीको दाबी छ।

बिक्रीमा हिसाबले यो सबैभन्दा बढी तरकारी सप्लाई गर्ने पहिलो कम्पनी रहेको दाबी छ। नैकापमा भदौ १२ गतेबाट सुरु हुने आउटलेट मार्फत यसको सप्लाई दोब्बर हुने फ्रेस केटिएमका कार्यकारी निर्देशक (सिईओ) सन्दिप अधिकारी बताउँछन् । चेन सप्लाई सिस्टम अपनाएको फ्रेसकेटिएमले पछिल्लो १२ महिनामा विभिन्न जिल्लाका कृषकहरूलाई सुरक्षित तरकारी उत्पादन गर्न प्रोत्साहन गर्दै काठमाडौं उपत्यकामा आक्रामक रूपमा आफ्ना आउटलेट विस्तार गरिरहेको छ। 

‘ताजा तरकारी किन्ने उपभोक्ताको बढ्दो भीडलाई ध्यानमा राख्दै हामी काठमाडौं उपत्यकामा एकपछि अर्को आउटलेट खोल्न प्रोत्साहित भएका छौं।‘ अधिकारीले भने ‘हाम्रो योजना किसान र उपभोक्तामा सुरक्षित र ताजा तरकारी उत्पादन र उपभोग गर्न चेतना अभिवृद्धि गर्ने हो।’

यस्तै फ्रेस केटिएमले तरकारी टिपेर उपभोक्ताले खरिद नगरेसम्म यसको तापक्रम कायम गर्ने गरेको छ । फ्रेसकेटिएमले रौतहटमा ४० बिघा जग्गामा आफ्नै उत्पादन समेत सुरु गरेको छ।

ग्राहकहरूको उच्च माग तथा हाल फ्रेस केटिएमले संकलन गर्ने किसानहरूको उत्पादनले मात्रै नपुग्ने भएपछि कम्पनी आफै उत्पादनमा समेत लागेको सिईओ अधिकारी बताउँछन् । त्यस्तै राप्ती नगरपालिका चितवनमा किसानहरूलाई ‘सेफ फुड’ कसरी उत्पादन गर्ने भन्ने तालिम समेत सुरु गरेको छ । ​​

रौतहटमा ४० बिघा जग्गामा फ्रेस केटिएमले तरकारी सुरु उत्पादन समेत सुरु गरेको छ।  हाल कम्पनीसँग आवद्ध किसानको उत्पादनले बजार अभाव सिर्जना हुने देखेपछि कम्पनी आफै उत्पादनतर्फ समेत प्रवेश गरेको सिई‌ओ अधिकारी बताउँछन् ।

के हो फ्रेस केटिएम

‘बेटर फुड लाइफ फर पिपुल’ नारा सहित २०७८ भदौबाट सुरु गरेको फ्रेस केटिएम छोटो समयमै उपभोक्तामाझ निकै लोकप्रिय भएको ब्रान्ड हो। हाल हरेक कुरामा विषादी र मिसावट हुने गरेको यसबाट उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै विदेशमा अध्ययन गरी फर्केका र यहाँ विभिन्न व्यवसायमा स्थापित युवाहरू मिलेर फ्रेस केटिएम सुरु गरेका थिए।

यसरी सुरु गरेको केही महिनामै तरकारीको माग उच्च हुँदा तथा सम्भावना अधिक देखेपछि एक वर्षमै फ्रेस केटिएमले ५ आउटलेट सञ्‍चालन तथा छैठौं उद्घाटनको तयारीमा जुटेको छ।

कृषिलाई आधुनिकिकरण गर्दै फ्रेस केटिएमले प्रविधिको प्रयोग गरी योजना र उत्पादकत्व सुधार, भुक्तानीको स्थिरता र वित्तीय सुविधाका लागि कृषकलाई सेवा विस्तार गरेर किसानहरूलाई पनि कृषि पेशाप्रति आत्मनिर्भर बनाउँदै गएको छ।

विद्यमान परम्परागत कृषि आपूर्तिमा  किसानहरू किसानले आफ्नो कृषि उपजको मूल्य निकै कम मात्र पाएको र उपभोक्ताले सो वस्तु निकै महंगोमा खरिद गर्नुपरेको अवस्थाका अन्त्यका लागि स्थापना भएको हो। उचित लजिष्टिक प्रणाली र पूर्वाधार बिना, कृषि उत्पादन ग्राहकमा पुग्नु अघि धेरै बिचौलियाहरू मार्फत जाने  जसको परिणामस्वरूप यस्ता कृषिजन्य वस्तुमा ताजा नरहने तथा बिग्रने समस्या हुने गरेको छ । यसको समाधानको लागि फ्रेस केटिएमले तरकारीलाई ताजा राख्ने रेफ्रिजेरेटर सहितको सवारीमा ढुवानी गर्ने गरेको छ।

‘बी टू बी’ सप्लाई चेनमा आधारित यो व्यवसायमा कम्पनीले किसानलाई प्राविधिक तथा वित्तीय सहायता दिने गरेको छ । यसले सरकारी मापदण्डको अधिनमा रहेर तरकारी तथा फलफूल समेत उत्पादन गरिरहेको छ । यसले किसानलाई बिक्रेताले समयमा भुक्तानी नदिने समस्या समाधान गर्न मद्दत पुर्‍याउने कम्पनीले जनाएको छ । फ्रेस केटिएमले स्थानीय रूपमा उत्पादन हुने ताजा उत्पादनलाई चेन सप्लाई सिस्टम मार्फत  बिना कुनै बिचौलिया सिधै उपभोक्ताहरूले सुरक्षित र ताजा तरकारीहरू आउटलेटमा पुर्‍याउँछ। कम्पनीले हाल काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, चितवन, सर्लाही, रोल्पा, रुकुम र भोजपुर लगायतका जिल्लाबाट तरकारी संकलन गर्छ ।

हाल फ्रेस केटिएमसँग विभिन्न ठाउँका करिब २ हजार कृषक संलग्न रहेको जनाएको छ। यस्तै कम्पनीले आपूर्ति गरेको ताजा तरकारी बिक्री गर्नका लागि काठमाडौं उपत्यकाका करिब ५ सय बिक्रेता फ्रेसकेटीएमसँग आवद्ध रहेको छन् । 

 

उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने

इकागज | भदौ ५, २०७९

काठमाडौँ । आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिन...

निर्वाचन पूर्वाधार विकासका कार्यक्रम सञ्‍चालन नगर्न/नगराउन आयोगको निर्देशन

इकागज | भदौ ४, २०७९

काठमाडौँ- निर्वाचन आयाेगले नयाँ योजना छनौट गर्ने कार्यक्रम नगर्न/नगराउन नेपाल सरकार, सातैवटा प्रदे...

यस्तो देखियो विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटोफिचर)

विराटनगर- विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा यस वर्ष भव्यताका साथ आयोजना गरिएको छ । विराटनगर-१ स्थ...

४३ विद्यार्थी बेपत्ता पारेको आरोपमा मेक्सिकोका पूर्व महान्यायाधिवक्ता जेसस पक्राउ

इकागज | भदौ ४, २०७९

काठमाडौं – मेक्सिकोका पूर्व महान्यायाधिवक्ता जेसस मुरिलो करमलाई सन् २०१४ मा ४३ विद्यार्थी बेपत्ता प...