सोरूमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप
मुगु – सोरु गाउँपालिका-३ भिँई गाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
उनका अनुसार भिँई गाउँ भिरालोमा रहेकाे र माओवादी केन्द्रका वडाअध्यक्ष पदकी उम्मेदवार मनकाेला रोकायाकाे घरमा कांग्रेसका कार्यकर्ताले ढुंगा खसाल्ने सम्भावना भएकाले अवस्था नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएकाे छ ।
झडपबाट नवीय क्षेति भने भएको छैन । अहिले दुवै पक्ष छलपल गरेर सामान्य अवस्था रहेको उनको भनाइ छ ।