Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

प्रमुख समाचार

पोर्चुगल बाहिरियो, फ्रान्स युरोकपको सेमिफाइनलमा

इकागज | असार २२, २०८१

काठमाडौँ- फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ ।

जारी युरोकपको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले पेनाल्टी मिस गरेपछि पोर्चुगल हारेको थियो । 

यो जितसँगै अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्ने छ । त्यसैगरी यो हारसँगै पोर्चुगलको युरोकप यात्रा समाप्त भएको छ ।

समृद्धिका लागि दलहरूबीच साझा दृष्टिकोण आवश्यक : खिलराज रेग्मी

इकागज | असार २२, २०८१

काठमाडौँ- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकको विकास र आर्थिक समृद्धिका लागि सबै राजनीतिक ...

जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्‍नेको संख्या १७ प्रतिशत

इकागज | असार २१, २०८१

जुम्ला- जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले ...

नवराजपुर गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | असार २१, २०८१

काठमाडौं- सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनावि...