प्रमुख समाचार

बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’

इकागज | साउन ६, २०८१

काठमाडौँ - परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ । समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले निर्धारण गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरेको छ । 

सम्पर्कका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा सम्पर्कका लागि शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । त्यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना मन्त्रालयलाई जानकारी गराइदिनसमेत अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

कांग्रेस-एमालेबीचको सहकार्य रहर नभइ बाध्यता हो : मन्त्री पाण्डे

इकागज | साउन ५, २०८१

​काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस-एमालेबीचको सहकार्य रहर ...

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि

इकागज | साउन ५, २०८१

काठमाडौँ- द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरि...

दोलखा भीमसेनमा पसिना

इकागज | साउन ५, २०८१

दोलखा- दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १:४...

कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्‍नका लागि मात्रै होइन : प्रदीप ज्ञवाली

इकागज | साउन ५, २०८१

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्...

फ्रेस केटीएम एग्रो प्रालिले रौतहटस्थित एकीकृत एग्रो कृषि फार्ममा लगायो धान [भिडियोसहित]

इकागज | साउन ५, २०८१

काठमाडौँ- फ्रेस केटीएम एग्राो प्रा.लि. ले धान खेती गरेको छ । प्रा.लि.ले रौतहतस्थित एकीक...

‘क्यान्सर’  रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय

इकागज | साउन ५, २०८१

काभ्रेपलाञ्चोक- स्वदेशमा नै जटिल प्रकारको ‘क्यान्सर’ रोग पहिचान गर्न काभ्रेको धुलिखेलस्थित काठ...