Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

प्रमुख समाचार

गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने, अन्य ठाउँमा मध्यम

इकागज | असार ८, २०८१

काठमाडौँ- हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका केही,  बागमती, कर्णाली  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बाग्मती, गण्डकी  र लुम्बिनी प्रदेशका केही, कोशी र  मधेश प्रदेशको थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |

राति कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रास्वपालाई लिङ्देनको सुझाव : जनताले देखाएको भरोसा र आशामा धोका हुने काम नगर्नु

इकागज | असार ७, २०८१

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले देखाएको भरोसा र आशामा धोका हुने काम नगर्न रास्वपाल...

रास्वपाको चियापान कार्यक्रममा एमाले अध्यक्ष ओली [फोटोफिचर]

इकागज | असार ७, २०८१

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा सहभागी भएका छन्...

भन्सार कर्मचारीको लापरबाही : १४ लाख ८० हजारसहित पक्राउ परेका भारतीय नागरिक फरार

इकागज | असार ७, २०८१

रौतहट- रौतहटस्थित जिल्ला भन्सार कार्यालय गौरको लापरबाहीका कारण सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलक...

रविले शुभकामना दिँदै भने - हामी अहिले  भिरको बाटोमा सिस्‍नु समाउँदै हिँडिरहेका छौँ

इकागज | असार ७, २०८१

काठमाडौँ । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा आफ्नो उद्देश्य...