प्रमुख समाचार

उच्च गतिको विद्युत्‌‌ प्रवाह हुँदा ६० घरमा क्षति

इकागज | बैशाख १७, २०८१

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत्‌‌ प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । 

उच्च गतिको विद्युत्‌‌ प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युत्‌‌को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत्‌‌ प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । 

भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर रु १० लाखभन्दा बढीको क्षति भएको छ । उनले भने, “वडाका जनप्रतिनिधि र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण सङ्कलन गरेको छ ।” 

पाँच कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । पाँच जना करेन्ट लागेर सामान्य घाइते भएका छन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताए । 

नेपाल विद्युत्‌‌ प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत्‌‌ सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ । केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि सोमबार बिहानै प्राविधिक टोली पठाउने बताए । 

घार, शिख र घोडेपानी क्षेत्रमा विद्युत्‌‌ अवरुद्ध भएको छ । घारको मुक्तिमार्ग माविका प्रधानाध्यापक ठगराज बरुवालले विद्युत्‌‌ प्राधिकरणले समयमै प्रसारण र वितरण लाइन मर्मत नगर्दा क्षति बेहोर्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम बढेको बताए ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

इकागज | बैशाख १७, २०८१

काठमाडौँ- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात...

संघीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

इकागज | बैशाख १६, २०८१

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश...

राजनीतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलेर अघि बढ्नुको विकल्प छैन : शेखर कोइराला

इकागज | बैशाख १६, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस...

प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ गरी सार्वजनिक

इकागज | बैशाख १६, २०८१

काठमाडौँ- प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको...

बेथिति र विकृतिको समुल अन्त्य गर्न आन्दोलनको विकल्प छैन : कमल थापा

इकागज | बैशाख १६, २०८१

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिति र विकृतिको अन्त्य गर्न आन्दोलन...