प्रमुख समाचार

भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरे, ३१ भेडा बेपत्ता

इकागज | बैशाख २५, २०८१

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरेका छन् । स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राति भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिए । 

मगे र सिउल दाजुभाइ हुन् । अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरूका एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन् । ३१ भेडा बेपत्ता छन् । गोठ रित्तो भएपछि भेडापालक रावत दाजुभाइ घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन् । 

पीडित रावत दाजुभाइलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।

इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन

इकागज | बैशाख २५, २०८१

काठमाडौँ- इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कव...

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट दायर

इकागज | बैशाख २५, २०८१

काठमाडौँ- गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतबारे सर्वोच्च अदालतमा रिट दायर भएको छ ...

चिकित्सकलाई मन्त्रालयको निर्देशन : बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजानू

इकागज | बैशाख २५, २०८१

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्...

जसपा नेपालका प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आयोगले सनाखतका लागि बोलायो

इकागज | बैशाख २५, २०८१

काठमाडौं - निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतक...

सुनको भाउ कति पुग्यो ?

इकागज | बैशाख २५, २०८१

काठमाडौँ - नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८०० ले...