प्रमुख समाचार

अभाको पोष्टमा अल नासरको ८ गोल, रोनाल्डोको ह्याट्रिक

इकागज | चैत २१, २०८०

काठमाडौँ- साउदी प्रो लिग अन्तर्गत अल नासरले अभाविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

गएराति भएको खेलमा अल नासरले अभालाई ८-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । साउदी लिगमा रोनाल्डोको यो लगातार दोस्रो ह्याट्रिक हो ।

त्यस्तै अब्दुलाजिज अल अलिवाले २ तथा साडियो माने, अब्दुल्माजीद अल सुलैहीम र अब्दुल रहमान घरीबले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको साउदी लिगमा २६ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर शीर्ष स्थानमा रहेको अल हिलाल भन्दा १२ अंकले पछाडि रहेको छ ।

त्यसैगरी अभाको भने २६ खेलमा २२ अंक छ र लिगमा १७औँ स्थानमा रहेको छ ।

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

इकागज | चैत २१, २०८०

काठमाडौँ- बुधबार बिहान ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूक...

त्रिविको लापरबाही : परीक्षा हुन लाग्दा प्रश्नपत्र छैन, परीक्षा स्थगित

इकागज | चैत २०, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मंगलबारको अटोमोबाइल इन्जिनियरिङको परीक्षा स्थगित गरेको छ । ...