एमालेले राष्ट्रपतिमा नेम्वाङको नाम मनोनय दर्ता गरायो
काठमाडौँ- नेकपा एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङको नाम मनोनयन दर्ता गराएको छ । शनिवार संसद् भवन बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यलयमा पुगेर नेम्वाङको नाम राष्ट्रपतिको उम्मेदवारका लागि दर्ता गराएको हो ।
नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के बसेका छन्।
नेम्वाङको उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरू उपस्थित थिए ।
शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको गरेका थियो ।
यस्तै कांग्रेस–माओवादी लगायतको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका लागि रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।