संसद्

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

इकागज | माघ ७, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा सांसद मगर विजयी भएकी हुन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा उपस्थित २६४ सांसदमध्ये मगरलाई १६६ सांसदले मत दिएका छन् । उनकी प्रतिस्पर्धीका रूपमा उम्मेदवारी दिएकी कांग्रेसकी मुक्ताकुमारी यादवले भने ९७ मत मात्रै पाइन् । एक सांसद भने तटस्थ बसेका छन् ।

सत्तारूढ दलहरूको साझा उम्मेदवार रहेकी मगरलाई रास्वपाकी सांसद सोविता गौतमले उपसभामुख पदका लागि प्रस्ताव गरेकी थिइन् ।

उक्त प्रस्तावको समर्थन नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी सांसद नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गरेका थिए । 

नेपाली कांग्रेसकी सांसद यादवको उम्मेदवारीको प्रस्तावकमा कांग्रेस सह–महामन्त्री बद्रीप्रसाद पाण्डे थिए भने समर्थकमा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरी र लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्ला थिए ।

भ्रष्टाचार काण्डमा परेका ठूला पदका व्यक्तिलाई सर्वश्वहरणसहित जेल चलान गर्न सचेतक शाहीकाे माग

इकागज | माघ ७, २०७९

काठमाडौँ- सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपालमा पनि भ्रष्...

बिरालोले मुसा ढुकेजसरी संविधान नष्ट गर्न पूर्वप्रधानमन्त्रीले ढुकिरहेका छन् : सांसद चौधरी

इकागज | माघ ७, २०७९

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का नेता तथा सांसद मेटमणी चौधरीले संविधानमाथि अझै खतरा...

नेता भनेको ठूलो कद भएको मान्छे हुन्छ भन्ने भाष्य नहराउँदै म आए : सोविता गौतम

इकागज | माघ ७, २०७९

काठमाडौं- स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले आफ्नो राजनीतिक प्रवेशलाई इतिहासको पानी ढलो भनेर स...

अपराधीलाई पक्राउ गर्न गृहले प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ : रामहरि खतिवडा

इकागज | माघ ७, २०७९

काठमाडौँ -प्रतिनिसभाको आजको बैठकको प्रारम्भमै नेपाली काँग्रेसका रामहरि खतिवडाले समय मागेर बोल्दै गृह म...

सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनु हुँदैन : सांसद श्रेष्ठ

इकागज | माघ ७, २०७९

काठमाडौँ- नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम...

उपसभामुखमा यावदलाई प्रस्ताव गर्दै सांसद पाण्डेले भने– फरक दल भनेको प्रतिपक्ष हो

इकागज | माघ ७, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद बद्री पाण्डेले उपसभामुख पदमा कांग्रेस सांसद मु...

प्रतिनिधिसभालाई व्यवस्थित र मर्यादित बनाउने छु : सभामुख घिमिरे

इकागज | माघ ६, २०७९

काठमाडौँ- प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधिसभालाई व्यवस्थित र मर्यादित बनाउन ...