शीर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरि छलफल हुने

इकागज | जेठ १४, २०८१

काठमाडौँ - प्रमुखदलका शीर्ष नेताहरूको बैठकमा कार्यादेश बारे सहमति भएको छैन । 

बालुवाटारमा भएको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिएका हुन् ।

आजको बैठकमा प्रधानमन्त्रीले सत्ता पक्ष र विपक्षी नेताहरूसँग अलग अलग समेत छलफल गरेको जानकारी दिँदै बैठकमा सहमति नभएको बताए । प्रधानमन्त्रीले आज साँझसम्म बसेर टुंग्याउने बताएको परियारले बताएका छन् । उनले प्रधानमन्त्रीको पहल राम्रो देखिए पनि समग्र सत्ता पक्ष सकारात्मक नभएको उनले बताए ।

परियारले आजै कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरूबीच छलफल गर्ने बताए ।

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ । सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिँदै आएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियार सहभागी छन् भने एमालेबाट कानुनमन्त्री पदम गिरी, कार्यदल सदस्य महेश बर्तौला सहभागी छन् ।

त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । 

प्रमुखदलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

इकागज | जेठ १४, २०८१

काठमाडौँ - प्रमुखदलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकले स...

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वसांसद तथा जिल्ला सभापतिसहित सयौँ नेता-कार्यकर्ता एमालेमा प्रवेश

इकागज | जेठ १३, २०८१

सुनसरी- पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, संविधान सभा सदस्य तथा नेपाली कांग्रेस पूर्वकेन्...

राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

इकागज | जेठ १३, २०८१

काठमाडौँ- राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार बसे...

विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो ?

इकागज | जेठ १३, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भात...

सत्ता गठबन्धनको रवैया निरंकुशता उन्मुख र अनुदारवादी : महामन्त्री थापा

इकागज | जेठ १३, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको रवैया निरंकुशता उन्मुख र अनुदारवादी द...